jpp

jpp

Soulful melody, guitar, slow beat, heart touching, drum beat, bass beat, catchy

02:00

كلمات الاغنية

jpp

यो कालो रातमा,
चन्द्रमाको आशमा,
किन तड्पिन्छौ तिमी,
छोडी जाने माया सम्झेर,
हे....हे..... छोडिजाने माया सम्झेर,


यो तातो रापमा,
सितलताको आसमा,
किन आँसु झार्छौ तिमि,
छोडी जाने माया सम्झेर,
हे....हे.... छोडिजाने माया सम्झेर,


छुटिसकेको साथमा,
फेरि मिलनको आसमा,
किन मन दुखाउँछौ तिमि,
छोडी जाने माया सम्झेर,
हे...हे... छोडिजाने माया सम्झेर,


मरिसकेको लासमा,
पुनर्जीवनको आसमा,
किन टोलाउँछौ तिमी,
छोडी जाने माया सम्झेर,
हे... हे... छोडी जाने माया सम्झेर,

यो कालो रातमा,
चन्द्रमाको आशमा,
किन तड्पिन्छौ तिमी,
छोडी जाने माया सम्झेर,
हे...हे..... छोडिजाने माया सम्झेर,