nastik

nastik

emotional fast rap, drum, bass, guitar

02:00

Lyrics

nastik

   हे हे          हे हे
तिम्रो हरेक पाइलामा, सफलताको कामना छ,
चन्द्रमा छुने कोसिस गर्नु, धेरै धेरै कामना छ ।
तिम्रो हरेक पाइलामा, सफलताको कामना छ,
हे हे          हे हे
                  [music]
पसिना बगाउन सिक, काम कुनै सानो हुँदैन,
सानो ठुलो  त केवल, मानिसको भावनामा छ ।
तिम्रो हरेक पाइलामा, सफलताको कामना छ,
हे हे          हे हे

                   [music]
सफलता केहिमात्र भए पुग्छ, असल हुनु छ तिमिले,
खास सफलता त तिम्रो त्यो इमान्दारितामा छ ।
तिम्रो हरेक पाइलामा, सफलताको कामना छ,
हे हे          हे हे
                     [music]
आउँदा पनि रित्तै तिमि, अब जाँदा पनि त रित्तै,
बेचैन त यो शरीर छ, सन्तुष्टी त केवल आत्मा मा छ ।
तिम्रो हरेक पाइलामा, सफलताको कामना छ,
हे हे          हे हे
                      [music]
गरिब दुखिको सेवा गर्नु, मन्दिर धाउनु पर्दैन तिमि,
ढुङ्गाको मुर्तिमा हैन ईश्वर, तिम्रो हाम्रो मनमा छ ।।
तिम्रो हरेक पाइलामा, सफलताको कामना छ,
  हे हे          हे हे
            [music]